
एजेन्सी । बेलायत सरकारले प्रिमियर लिगलगायत अन्य खेलकुद गतिविधि जुन १ तारिखबाट सुरु गर्न अनुमति दिएको छ ।
तर खेलकुद प्रतियोगिताहरु सुरु गरेपनि रंगशालाहरुमा दर्शक भने सहभागी हुन नपाउने भएका छन् ।
कोरोनाको संक्रमण अझैपनि जारी रहेका बेला बेलायत सरकारले खेल क्षेत्रलाई सुचारु गर्ने अनुमति दिएको छ । जसमा बन्द रंगशालामा खेलहरु गर्न स्वीकृति दिएको छ ।
सरकारले खेलकुदका गतिविधि सुचारु गर्न रोड म्याप बनाएको छ । जसमा पहिलो चरणमा स्वास्थ्य सुरक्षालाई अपनाउनुपर्ने रहेको छ ।
यस्तै दोस्रो चरणमा खेल सुरु हुँदा बन्द रंगशालामा गर्नुपर्ने, जसमा सामाजिक दुरी अनिवार्य कायम राख्नुपर्ने बताइएको छ ।
कोरोनाको संक्रमण त्यो बेलासम्म कस्तो अवस्थामा हुन्छ, त्यसमा पनि ध्यान दिनुपर्ने बताइएको छ ।
तर सरकारले समर्थक कहिलेसम्म मैदानमा पुगेर हेर्न पाउने भन्ने एकिन गरेको छैन् ।
आइतबार प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको भ्याक्सिन उपलब्ध नहुँदासम्म मैदानमा समर्थक पुगेर हेर्न नपाउने बताएका थिए ।
मार्च १३ बाट स्थगित भएको प्रिमियर लिगमा अझै ९२ खेल खेल्न बाँकी रहेका छन् ।
यस्तै जुलाई १ तारिखसम्म क्रिकेटका कुनै प्रतियोगिता हुने छैनन् । बेलायतको हर्ष रेस यहि महिनाको अन्तिममा सुचारु हुने बताइएको छ ।
यस्तै रग्वी प्रिमियरसिप जुलाईको पहिलो साताबाट सुचारु गर्ने योजना रहेको छ । बाँकी रहेका सम्पूर्ण खेलकुदका गतिविधि बन्द खेल स्थलमा हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्