३० असार २०८२, सोमबार | Mon Jul 14 2025


ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा मिसाइल दुर्घटना, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं । ओमानको खाडीमा सैन्य प्रशिक्षणका क्रममा मिसाइल आक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा १६ जना घाइते भएको बताइएको छ । तहरान नजिकै भएको सैन्य अभ्यासका क्रममा मिसाइल आक्रमणबाट उक्त घटना भएको इरानी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अमेरिकासँगको तनाब बढ्दै गएपछि दुर्घटना भएको जहाजमा कति जना चालक दलका सदस्य थिए भन्ने बारेमा भने खुुलाइएको छैन ।

आइतबार दिउँसो ज्यास्क र चाबहार क्षेत्रमा भएको सैन्य अभ्यासका क्रममा कोनारक लाइट सपोर्ट नामको जहाज दुर्घटनामा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सैन्य अभ्यासका क्रममा उक्त जहाजमाथि आक्रमण भएको बताइएको छ ।

अमेरिकासँगको सम्बन्ध चिसिएका बेला भइरहेको सैन्य अभ्यासले इस्लामी रिपब्लिकको सशस्त्र सेनाको तत्परताबारे प्रश्न उठाएको बताइएको छ ।(एजेन्सी)