Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक


728
Shares

काठमाडौं । अभिनेता सौगात मल्लले पहिलो पटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक सुवर्ण थापाद्वारा निर्देशित फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो । उक्त ट्रेलरमा आफ्नो श्रीमानको खोजीमा हिडेकी महिलाको जीवनको उतार-चढावलाई देखाइएको छ ।

निर्देशक सुवर्ण थापा र सौगात मल्ल मिलेर निर्माण गरेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा सृष्टि भने मुख्य भूमिकामा देखिएकी छन् । २ मिनेट ३० सेकेण्ड लामो फिल्मको ट्रेलरमा सृष्टिको अभिनय उत्कुष्ट रहेको छ । फिल्मको कथापनि स्वयम् सुवर्णकै रहेको छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठकले सम्पादन गरेको फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

भदौ १० गतेबाट प्रदर्शन हुने सय फिल्मको राधा पियारी बोलको गीत केही दिन अधि रिलिज भएको थियो । जुन अहिले टिकटर र युट्युब मा चर्चित छ ।