
काठमाडौं, वैशाख २९ । नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
हाल संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।
उनी हाल ‘सेल्फ आइसोलेसन’मा रहेका छन् ।
कोरोनाको लक्षण देखा नपरेको र खासै समस्या नभएका कारण सेल्फ आइसोलेसनमा बसेको उनले बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका तेस्रो ब्याचका रञ्जितले नेपालबाट साफ च्याम्पियनसिप खेलेका थिए ।
सन् २००९ मा बंगलादेशमा आयोजना भएको साफमा रञ्जित नेपाली टोलीमा रहेका थिए ।
यस्तै, उनले १६ वर्षमुनिको टोलीबाट नेपालको कप्तानी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्