
काठमाडौं, वैशाख २९ । विश्वभर कोरोना महामारीका कारण दुई लाख ८४ हजार ५९९ बढी व्यक्तिको मृत्यु भएको छ ।
४२ लाख आठ हजार संक्रमितमध्ये करिब १५ लाख चार हजार ५०० बढी उपचारपछि निको भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ लाख ६८ हजार बढी संक्रमित हुँदा ८० हजार ७८९ जनाको मृत्यु भएको छ ।
बेलायतमा दुई लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८५५ पुगेको छ ।
यस्तै, स्पेनमा दुई लाख ६८ हजार १०० बढी संक्रमित र २६ हजार ७४४ जनाको मृत्यु भएको छ ।
इटालीमा कोरोना संक्रमितको संख्या दुई लाख १९ हजार बढी हुँदा मृतकको संख्या ३० हजार ५०० नाघेको छ ।
फ्रान्समा करिब एक लाख ७६ हजार संक्रमितमध्ये मृत्यु हुनेको संख्या २६ हजार ३०० नाघेको छ ।
जर्मनीमा एक लाख ७१ हजार ८०० बढी संक्रमित र सात हजार ५०० बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९०० संक्रमित छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ ।
यस्तै, रसियामा संक्रमितको संख्या बढेर करिब दुई लाख २१ हजार र मृतकको संख्या दुई हजार ९१५ पुगेको छ ।
भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिँदै गएको छ । करिब ६७ हजार १०० बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुगेको छ ।
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ९०० बढी छ भने ६६७ जनाकोे मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्