चेल्सी आर्सनलसँग पराजित « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


चेल्सी आर्सनलसँग पराजित


221
Shares

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी आर्सनलसँग पराजित भएको छ ।

आइतबार बिहान भएको खेलमा चेल्सी आर्सनलसँग ४–० ले पराजित भएको हो ।

आर्सनलको जितमा ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३६ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाए । ६६ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई तेब्बर अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अल्बर्टले गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए ।