१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


उदयपुरमा थप स्वाब संकलन


0
Shares

उदयपुर, बैशाख २९ । कोरोना भाइरस संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केमा थप २ सय २० जनाको स्वाब संकलन गरिएको छ ।

यस अघि १ हजार १ सय ५६ जनाको स्वाव परीक्षण गरिएको थियो ।

सो स्थानमा गत ५ गते कोरोना भाइरस पोजेटिभ देखिए पनि थोरै संख्यामा मात्र स्वाव परीक्षण गरेको भन्दै स्थानीयले भने आक्रोस पोखेका छन् ।

संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याईएको छ ।