१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


महोत्तरीमा एक पुरुषको शव फेला


0
Shares

जलेश्वर, बैशाख २९ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी  ‘लकडाउन’ मा महोत्तरीको गौशाला नगरपालिका– ४ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ ।

गौशाला नगरपालिका– ४ बस्ने अन्दाजी ४४ वर्षीय दिलीप ठाकुरको शव गौशाला बजारदेखि बिर्ता जाने बाटामा रहेको गुठीको जग्गाभन्दा दक्षिण मकैबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

प्रहरीले  शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वरमा पठाएको  जनाएको छ । रासस