
डडेल्धुरा, वैशाख २९ । डडेल्धुराका किसानहरु ‘लकडाउन’मा खाद्यान्न समस्या भएपछि बजारमा खाद्यान्न खरिद गर्न थालेका छन् ।
आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले नपुगेपछि किसानहरु खाद्यान्न खरिद गर्न बजारसम्म पुग्न थालेका हुन् ।
स्थानीयस्तरमा धान र गहुँखेती गरिने भएपनि वर्षभरि नधान्ने भएकाले उनीहरुले वर्षायामका लागि खाद्यान्न जोड्ने गर्दछन् ।
खेतबारी बाँझो रहने गरेकाले पनि खाद्यान्न समस्या बढ्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्