
काठमाडौं, बैशाख २९ । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरी २० जनाको हत्या गरेका छन् ।
केही व्यक्ति घाईते भएका छन् । नाइजरको तिल्लाबेरी क्षेत्रमा रहेको गाडानो र कोइरा टेगुइओलगायतका गाउँमा हतियार सहित प्रवेश गरेका उनीहरुले पसलहरु लुट्नुका साथै गाईबस्तुहरु समेत चोरेर लगेका छन् ।
इस्लामिक अतिवादी समुह आईएस र अलकायदाको दबदबा रहेको सो क्षेत्रमा ती बन्दुकधारी समूह पनि सोही समूहका हुन सक्ने अनुमान गरिएको छ ।
नाइजरमा गत डिसेम्बरदेखिको आक्रमणमा १ सय ७० सेनाको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्