
फाइल तस्विर
काठमाडौं । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले आतंक मच्चाएको छ ।
घोगा लाग्न लागेको मकै खाएर हैरान पारेपछि किसानहरूलाई समस्या परेको छ । भालुले रातभरि मकै खाएर हैरान बनाएपछि किसानहरूले बारीमै छाप्रो निर्माण गरी आगो बालेर टीन बजाएर भालु लखेट्न थालेको बताएका छन् ।
रातभरि भालु धपाउन बारीमा बसेपछि विद्यालयमा आएका विद्यार्थी पनि निदाउने, शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको पिके माध्यमिक विद्यालयका शिक्षक विवेक कार्कीले बताउनुभयो । जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दुलगायतका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवनसमेत त्रसित बनेको छ ।
वर्सेनि भालुको आक्रमणबाट सोलुखुम्बुमा किसानहरू सख्त घाइते तथा केहीको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्