राष्ट्रिय गौरवका आयोजना नसकिएसम्म प्रमुखको सरुवा नगर्न सांसदको माग « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


राष्ट्रिय गौरवका आयोजना नसकिएसम्म प्रमुखको सरुवा नगर्न सांसदको माग


143
Shares

काठमाडौं । संसदीय समितिका सांसदहरुले राष्ट्रिय गौरवका योजनाको काम पूरा नभएसम्म आयोजना प्रमुखहरु परिर्वतन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको छलफलमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर सरकार परिवर्तन वा अन्य बहनामा आयोजना प्रमुख परिर्वतन गर्दा समयमै काम सम्पन्न नभएको बताए ।

राष्ट्रिय सभाका सांसद शेखरकुमार सिंहले राष्ट्रिय आयोजना तोकिएका आयोजनाहरुमा केके गर्न पाउने भनेर मापदण्ड तोक्नुपर्ने बताउनुभयो । सांसद सिंहले नयाँ आयोजना प्रमुख बुझ्दाबुझ्दै समय सकिने बताउनुभयो ।

सांसद गोपीबहादुर सार्की आछामीले हरेक राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरु फेरबदल हुने समस्या देखिएको बताउनुभयो । उहाँले आयोजना शुरु भएपछि आयोजना सम्पन्न नभएसम्म आयोजना प्रमुखले काम गर्न स्थिति हुनुपर्ने बताउनु भयो । सांसद आछामीले दलका सांसदहरुले प्राविधिक कुराहरु बुझ्न गाह्रो हुने बताउनुभयो ।

सांसद अनिता देवकोटाले अन्य आयोजना भन्दा राष्ट्रिय गौरवका आयोजना फरक हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न नहुनेको प्रमुख कारण आयोजना प्रमुख परिर्वतन भएको बताउनुभयो ।

समितिको बैठकमा एमसीए नेपालका महानिर्देशक खगबहादुर विष्टले विद्युत प्रसारणलाइन बनाउनको लागि एमसीसीसँग भएको सम्झौता अनुसार समयमै काम सम्पन्न नभएर अनुदान बन्द गरेर छाडेर जाने बताउनुभयो । उहाँले एमसीसीले छाडेर गए नेपाल सरकारले नै आयोजना बनाउनु पर्ने व्यवस्था रहेको बताउनुभयो ।

महानिर्देशक विष्टले विद्युत प्रसारण लाइन बनाउने समयअवधि लामो हुने तर रुख कटान गर्ने कायम रहेको व्यवस्था परिर्वतन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यो व्यवस्था परिर्वतनको लागि वन मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो ।