३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


स्पेनका पाँच फुटबल खेलाडीमा कोरोना पोजेटिभ, कुनै लक्षण नदेखिइ संक्रमण


0
Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो परीक्षणमा संक्रमण देखिएका पाँचै खेलाडीमा संक्रमणको कुनै लक्षण देखिएको थिएन । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

संक्रमित खेलाडीहरुलाई आइसोलेसनमा राखिएको र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ ।

पछिल्लो समय ला लिगाका खेलाडीको परीक्षणलाई तीब्रता दिएको छ । क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परीक्षण गरिरहेको छ ।

कोरोना महामारीका कारण स्थगित लिग आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । खेल बन्द रंगाशालामा खेलाईने छ ।