३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


दुग्धजन्य उत्पादन ढुवानीमा टाईम कार्ड हटाउन माग


0
Shares

काठमाडौं, बैशाख २८ । नेपाल डेरी एसोसियसनले दुध र दुग्धजन्य उत्पादन ढुवानीमा टाईमा कार्डको व्यवस्था हटाउन माग गरेको छ ।

एसोसियसनले आईतबार विज्ञप्ती जारी गर्दै टाईम कार्ड व्यवस्था अव्यवहारिक रहेको भन्दै हटाउन माग गरेको हो ।

बिहान १० बजे भित्र ढ्ुवानी गरिसक्नुपर्ने व्यवस्थाले दुग्धजन्य वस्तु ओसारपसार गर्न असहज हुने भन्दै यो व्यवस्था हटाउन संघले माग गरेको हो ।

औषधी र खानेपानी ढुवानीलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसिमा नतोकी बिना रोकतोक संचालन गर्न दिनका लागि संघले सरकार समक्ष जोडदार माग गरेको छ ।