२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


क्वारेन्टाइनमा बसेकी महिलाले जन्माइन जुम्ल्याहा शिशु


0
Shares

दाङ, बैशाख २८ । दाङको तुलसीपुर रक्षाचौरमा रहेको  क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याह बच्चा जन्माएकी छिन ।

तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले जुम्ल्याहा बच्चा जन्माएकी हुन ।

शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना भएकी उनले आज जुम्ल्याहा छोरीको जन्माएकी तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

आमा र दुबै बच्चा स्वस्थ रहेपनि बच्चाको तौल कम भएकाले बच्चालाई एनआइसियुमा राख्नुपरेको हुँदा तुलसी बाल अस्पतालका लगिएको छ ।

यादवको र्‍यापिड टेस्ट रिपोर्टे नेगेटिभ आएको र पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको छ ।