१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


कोरोनाको उपचारपछि निको भएका व्यक्तिलाई विभेद नगर्न आग्रह


0
Shares

काठमाडौं, बैशाख २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भई घर गएका व्यक्तिहरुलाई परिवार र समुदायको साथ–सहयोगको आवश्यक पर्ने हुँदा विभेद नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएका व्यक्तिहरुलाई परिवार र समुदायले विभेद गरी छुट्टै स्थानमा राखिएको सूचना आएको भन्दै उनीहरुमा रोग सार्ने क्षमता नभएकाले सामान्य जीवनयापनमा फर्कन दिन आग्रह गरे ।

यस्तै पीसीआर विधिबाट १६ हजार ८ सय ९८ जनाको परीक्षण गरिएको छ भने १३ हजार ७ सय ४७ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

देशभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ६४ जना आइसोलेसन कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

हाल ७९ जना संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको भन्दै डा. देवकोटा प्रदेश नम्वर १ , २ र ५ मा संक्रमितको संख्या बढीरहेको बताए ।

कर्णाली प्रदेशमा भने संक्रमित देखिएका छैनन् ।