Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


चीनको वुहानमा भेटिए १४ जना नयाँ कोरोना संक्रमित


0
Shares

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पाँच हप्तापछि नयाँ कोरोना संक्रमित भेटिएका छन्।

चीनमा शनिबार मात्रै १४ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ भेटिएका संक्रमितमध्ये ११ जना जिलिन प्रान्तको सुलान सहरका रहेका छन् भने दुई जना विदेशबाट आएका हुन्।

केही दिनअघि मात्रै  चिनियाँ अधिकारीहरूले पूरै देशमा कोरोनाको जोखिम न्यून भएको बताएका थिए।

 वुहानमा भेटिएका संक्रमितमा यसअघि देखिएको कोरोना भाइरस लक्षण नदेखिएको बताइएको छ।

पछिल्लो समय चीनमा कोरोनाभाइरसबाट कसैको मृत्यु भने भएको छैन।

गत डिसेम्बरदेखि कोरोना भाइरसको संक्रमण फैलिएको चीनमा अहिलेसम्म ८२ हजार ९ सय १ जना संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।