Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


भीरकोटमा दुई जनाबीच हानाहान हुँदा एकको मृत्यु


5.7k
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका-३ मा सामान्य विवादकाबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीरकोट नगरपालिका वडा नम्बर-३ रिजुका ४५ वर्षीय श्याम बहादुर रोकाहा रहेका छन् । श्याम रोकाहा र याम बहादुरबीच सामान्य भनाभन हुँदा खेरी नै धकेलेर लडाएर कुटेको प्रहरीले जनाएकाे छ ।

श्याम रोकाहालाई आफ्नै दाजु पर्ने याम बहादुर रोकाहाले धकेलेर लड़ाएर कुटेपछि घाइते भएका श्याम बहादुर रोकाहालाई भीरकोटस्थित कालिका अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

आरोपित याम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।