३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


समान पारिश्रमिकको माग गर्दै अमेरिकी महिला फुटबल टोलीले गर्यो मुद्दा पुनरावेदन


0
Shares

एजेन्सी । अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने दाबीसहितको मुद्दा पुनरावेदन गरेको छ ।

संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले गएको हप्ता सो मुद्दा खारेज गरेका थिए ।

पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका थिए ।

गएको वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी सकर फेडेरेसन (युएसएसएफ) विरुद्ध उजुरी दिएका थिए ।

तर संघीय अदालतले खारेज गरेपछि अमेरिकी महिला टोली फेरि पुनरावेदनमा पुगेका हुन् ।

समान पारिश्रमिक दिनु पर्ने कानून अन्तर्गत आफूहरुले ६६ मिलियन डलर क्षतिपूर्ति पाउनु पर्ने माग उनीहरुले गरेका छन् ।

खेलाडीहरुकी प्रवक्ता मोली लेविन्सनले शुक्रबार पुनरावेदन गरिएको पुष्टि गरेकी हुन् ।

संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले यात्राको क्रममा महिला खेलाडीहरुलाई पुरुष टिमको तुलनामा फरक व्यवहार भएको कुरा स्वीकार गरेका थिए ।

त्यसको सुनुवाई लस एन्जलसमा आउँदो जुन १६ हुने तय भएको छ ।