Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


लकडाउनमा पनि सक्रिय प्रदेश सभा सदस्य कर्ण


0
Shares

डडेल्धुरा । कोरोनाका कारण देशभर लकडाउन जारी रहेपनि डडेल्धुराका प्रदेशसभा सांसद सक्रिय भएका छन् ।

कोरोनाको सन्त्रासले लकडाउन भएपछि ग्रामीण क्षेत्रका नागरिकका लागि प्रदेश सभा सांसद सक्रिय भएका हुन् ।

गरिब, विपन्न तथा असहाय वर्गका जनताको अवस्था बुझ्न गाउँ पुगेका सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले उनीहरुलाई आर्थिक सहयोग गरेका छन् ।

जिल्लाका सात वटै स्थानीय तहमा पुगेर सेनिटाईजर, मास्क र पञ्जालगायतका कोरोना सुरक्षाका मेडिकल सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिहरुसँग छलफल सुरु गर्दै सांसद मल्लले राहत प्रणाली र श्रोतसाधनको सुलभ बाँडफाँड र पारदर्शिता अपनाउन पनि स्थानीय सरकारहरुलाई सुझाव दिएका छन् ।