३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


संसदमा आजदेखि प्रि बजेटबारे छलफल हुँदै


0
Shares

काठमाडौं । संसदमा आज(आइतबार)बाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदैछ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्नुहुने बताइएको छ ।

यसमा तीन दिनसम्म छलफल हुने छ । नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण आजबाटै प्रिबजेट छलफल गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ ।

त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७÷०७८ को बजेट पेश हुने छ ।

संसदको बजेट अधिवेशन गत शुक्रवारबाट सुरु भएको थियो ।