 
	    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला छनोट प्रणालीबाट १७ वर्षमुनिको राष्ट्रिय फुटबल टिम बनाउने भएको छ ।
एन्फाले आसन्न साफ १७ वर्ष मुनिको च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू–१७ एसियन कप छनोटलाई लक्षित गरी खुला छनोट गर्न लागेको हो । एन्फाका अनुसार यही साउन ९ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ ।
२०६२ पुस १७ गतेयता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमा सहभागी हुन पाउनेछन् । इच्छुक खेलाडीहरुले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ ।
साउन ९ गतेसम्म मात्र नाम दर्ता गराउन पाइने छ । खेलाडीले प्रशिक्षणमा सहभागी हुँदा जन्म दर्ताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचय पत्र ल्याउनुपर्ने एन्फाले जनाएको छ । साफ यू–१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा हुनेछ ।
यस्तै, एएफसी यू–१७ एसियन कप छनोट आगामी अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ । एन्फाले यसअघि यू–२० राष्ट्रिय टिम पनि खुला छनोटमार्फत नै बनाएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्