
एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले सिजनको बाँकी खेल न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको छ ।
प्रिमियर लिगले कोरोना भाइरसको महामारीको कारण स्थगित लिगको बाँकी खेल न्युट्रल भेन्युमा खेलाउने तयारी गरिरहँदा वाट्फोर्ड भने विपक्षमा उभिएको छ ।
वाट्फोर्डका अध्यक्ष स्कट डक्सबरीले यस कदमले खेलकुदको निष्पक्षता र अखण्डतामा सम्झौता हुने बताएका छन् ।
स्कटले अहिलेको अवस्थामा दर्शक बिना खेल्न तयार भएको तर न्युट्रल भेन्युमा नखेल्ने बताएका हुन् ।
वाट्फोर्ड न्युट्रल भेन्युमा खेल्न अस्वीकार गर्ने तेस्रो क्लब हो । यस अघि एस्टन भिल्ला र ब्राइटनले न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको थियो ।
न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबले भोली छलफल गर्दैछ । यस्तै छलफलमा प्रिमियर लिग सुचारुको मितिबारे समेत छलफल हुनेछ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहँदा सिटीको ५७ अंक रहेको छ ।
यो सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्