
एजेन्सी । बार्सिलोनाका खेलाडीले अभ्यास सुरु गरेका छन् । स्पेनी ला लिगा सुरु हुने भएपछि क्लबले आफ्ना खेलाडीलाई प्रशिक्षण सुरु गर्न दिएको हो ।
जोन गाम्पर ट्रेनिङ सेन्टरमा लियोनल मेसीलगायत खेलाडीले सामाजिक दूरी कायम राख्दै व्यक्तिगत अभ्यास गरे ।
एकपल्टमा मैदानमा तीन खेलाडी मात्र उत्रेका थिए र एकले अर्को खेलाडीलाई बल पास पनि दिएनन् । लिग सुरु हुनुअगाडि सबै खेलाडीले अनिवार्य कोरोना भाइरसको परीक्षण गराउनुपर्नेछ ।
बार्सिलोनासँगै अभ्यास सुरु गर्नेमा सेभिया, भिल्लारियल, ओसासुना र लेनागस पनि छन् ।
रियल म्याड्रिडले भने भोलीदेखि अभ्यास सुरु गर्नेछ । मध्य मार्चयता कोरोना भाइरस संक्रमणको महामारीका कारण ला लिग स्थगित छ ।
प्रतिक्रिया दिनुहोस्