३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


‘निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच सहकार्य जरुरी’


0
Shares

काठमाडौं, वैशाख २७ । बैंकिङ क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ ।

‘कोभिड–१९’ का कारण हरेक क्षेत्र प्रभावित बनिरहेको समयमा आरोप–प्रत्यारोप नगरी सहकार्य गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थासमेत मारमा परेकाले वास्तविकता बुझेरमात्रै अघि बढ्नुपर्नेमा बैंकिङ क्षेत्रको भनाइ छ ।

निजी क्षेत्रले कम्तीमा तीन वर्षका लागि ब्याजदरमा ५ प्रतिशत छुट हुनुपर्ने माग गर्दै आएको छ ।

अर्थतन्त्रलाई माथि उकास्न निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच सहकार्य जरुरी रहेको बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालको भनाइ छ ।

कोभिड–१९ कै कारण नेपालमा झन्डै १० लाखले रोजगारी गुमाउने सरकारी आँकलन छ ।

यस्तो अवस्थामा कृषिलाई व्यवस्थित बनाउन सके लगानी वृद्धि गर्न बैंकले सहयोगी भूमिका खेल्नसक्ने दाहालले बताए ।

कृषिजन्य वस्तुको आयात गर्ननपर्ने गरी लगानी बढाउने, ‘डिजिटलाइजेसन’मा जोड दिने, निश्चित सीमाभन्दा बढी कारोबार गर्ने व्यवसाय वा व्यक्तिलाई कोरोना कर लगाउन सकेमा आम्दानी बढाउन सकिने धारणा पनि बैंकर्स एसोसिएसनको छ ।