३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


तुलसीपुरमा ‘बजार मूल्यभन्दा सस्तो’मा तरकारी घरमै (भिडियो)


52
Shares

राकेश बस्नेत (इमेज)

दाङ, वैशाख २७ । दाङ, तुलसीपुरका केही युवाले बारीमै गइ किसानले उत्पादन गरेको तरकारी खरिद गरेर ‘होम डेलिभरी’मार्फत् बिक्री गर्न थालेका छन् ।

‘लकडाउन’ लम्बिँदै जाँदा बारीमा तरकारी कुहिने अवस्था आउन थालेपछि यस्तो व्यवसाय सुरु गरेको उनीहरुको भनाइ छ ।

दाङ, तुलसीपुरका १२ जना युवा मिलेर बारीमै गएर तरकारी किन्ने अनि होम डेलिभरी गर्न थालेका हुन् ।

उनीहरुले दैनिक बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म तरकारीको होम डेलिभरी सेवा दिँदै आएका छन् ।

एकातिर किसानहरुले उत्पादन गरेको तरकारीहरु नबिक्दा खेतबारीमै कुहिने अवस्था आउनु र उपभोक्ताले पनि सहजरुपमा तरकारी नपाइरहेको अवस्थामा विकल्पमा यस्तो व्यवसाय सुरु गरेको उनीहरुको भनाइ छ ।

व्यवसायी युवाहरुले आफूहरुले सामान्यमात्र नाफा लिएको बताउँछन् ।

यता, उपभोक्ताहरु पनि बजार मूल्यभन्दा सस्तोमा तरकारी घर–घरमै पाउन थालेपछि खुसी छन् ।

लकडाउनका कारण तरकारी बिक्री–वितरणमा समस्या झेलिरहेका किसानहरुलाई यी युवाहरुले सुरु गरेको अभियानबाट केही सहयोग भने पुगेको देखिन्छ ।

भिडियो हेर्नुहोस्