
म्याग्दी, वैशाख २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ मा निर्माण गरिएको पुल सञ्चालनमा आएको ६ महिना पनि नपुग्दै प्वाल परेको छ ।
दुई करोड १० लाख रुपैयाँमा कालिका शर्मा रसुवा जेभी नामको ठेकेदार कम्पनीले गत मंसिरमा सम्पन्न गरेको पुलको बीचमा दुईओटा ठूला भ्वाङ परेको छ ।
यस्तै, पुलको दायाँ–बायाँको जमिन भासिएको छ भने पर्खाल पनि भत्किनै लागेको छ ।
कमसल सामग्रीको प्रयोग गरेका कारण पुल यति छिटो जीर्ण बनेको हो ।
मापदण्ड नपुर्याइ पुल बनाइएको विषयमा स्थानीय जनप्रतिनिधिहरुलाई थाहा भएरपनि उनीहरुले ‘कमिसन’को लोभमा हस्तक्षेप नगरेको गुनासो स्थानीय बासिन्दाको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्