२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बोरिङ खन्दा जोरपाटीमा प्राकृतिक ग्याँस निस्कियाे


7.137k
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरमा बोरिङ खन्दा प्राकृतिक ग्याँस र पानीको फोहोरा निस्किएको छ ।

जोरपाटी चामुण्डा गेट नजिकैको एक घरमा बोरिङ खन्ने क्रममा आज (मंगलबार) बिहान १० बजेदेखि ग्याँस र पानीको फोहोरा निस्किएको हो । करिब ३ सय फिट जमिन खनेपछि ग्याँस निस्किएको थियो । प्रहरीको टोली घटनास्थलमा खटिएको जनाइएकाे छ ।

तर, यो कस्तो खालको ग्याँस हो भनेर पहिचान भने गर्न सकेका छैनन् । यो ग्याँस सम्बन्धी अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई जानकारी गराइने भएकाे छ ।