विराटनगर, वैशाख २७ । विराटनगर महानगरपालिका–१५ का विपन्न समुदायहरु राहत वितरणमा आफूहरुलाई बेवास्ता गरेको भन्दै शनिबार सडकमा उत्रिएका छन् ।
वडाका अतिनिम्न ५८ परिवारले पहिलो चरणको राहत वितरणमा नै आफूहरुलाई छुटाएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।
महानगरपालिकाले पहिलो चरणकै राहत वितरणमा समस्या देखिएकाले दोस्रो चरणको राहत वितरणको विषयमा विपद् व्यवस्थापन समितिको बैठक गरेर निर्णय गर्ने तयारी गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्