
काठमाडौं, वैशाख २७ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका खेलाडीहरुले नियमित प्रशिक्षण थालेका छन् ।
लियोनल मेसीलगायतका चर्चित खेलाडीहरु शुक्रबारदेखि व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् ।
लिग आयोजक ‘ला लिगा’ले खेलाडीहरुको कोरोना परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् ।
विश्वमा कोरोनाभाइरसको महामारीबाट बढी प्रभावित हुने मुलुकमध्यको एक स्पेन सरकारले पछिल्ला दिनहरुमा ‘लकडाउन’ खुकुलो पार्दै लगेको छ ।
सोहीक्रममा रोकिएको लिग सुरु गर्नका लागि व्यक्तिगत प्रशिक्षण थालिएको हो ।
स्पेनमा आउँदो जुनदेखि दर्शकबिनाको बन्द रंगशालामा ‘सिजन’का बाँकी लिग खेलहरु सञ्चालन गर्ने तयारी भइरहेको छ ।
ला लिगा सुरु गर्न चार चरणका रणनीति तय गरिएको छ । पहिलो चरणमा तालिकाको लागि तयारी, त्यसपछि व्यक्तिगत प्रशिक्षण, समूहगत प्रशिक्षण र एकीकृत टिम प्रशिक्षण हुनेछ ।
यसैबिच, जर्मनीमा यही मे १६ तारिखदेखि बुन्डेस लिगका खेलहरु सुरु हुँदैछन् ।
इंग्लिस प्रिमियर क्लबहरुले पनि प्रशिक्षण थालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्