
बारा । पथलैया–बीरगंज औद्योगिक करिडोरका केही ठूला उद्योगहरु पुनः संचालनमा आउन थालेका छन् ।
निर्माणजन्य सामग्री उत्पादन गर्ने तीन दर्जन बढी कम्पनी संचालनमा आउन थालेका हुन् ।
सुरक्षा मापदण्ड अपनाएर उद्योग संचालन गर्न दिने सरकारी निर्णयसंगै बहुर्राष्ट्रिय कम्पनीसहित ठूला उद्योगहरु संचालन हुन थालेका हुन् ।
बाराका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायका प्रमुख,उद्योग वाणिज्य संघका प्रतिनिधिले, बाराका ठूला करदाता कम्पनीसहितको टोलीले करिडरको स्थलगत निरीक्षण पछि शर्तहरु पालना गरि उद्योगहरु संचालन गर्ने निर्णय गरेको थियो ।
कच्चा पदार्थ बोकी आएका र उद्योगबाट उत्पादित बस्तु बाहिर पठाउंदा सवारी साधन निसंक्रमित गर्नु पर्ने छ ।
यस्तै चालक र सहचालकको पनि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने व्यवस्था मिलाइएको छ ।
साना ठूला गरि करिब १५ सय उद्योग रहेको ओद्योगिक करिडोरमा हजारौं नेपाली तथा भारतीय मजदुरले काम गर्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्