
रसुवा । कोभिड १९का कारण लकडाउनको समय लम्बीएपछि रसुवामा यो वर्ष याक चीज उत्पादन अनिश्चित बनेको छ ।
चीज उत्पादनका लागि आवश्यक पर्ने केमिकल नहुँनु र चिज उत्पादन केन्द्र तथा सहायक केन्द्रहरु बन्द रहेकाले याक चीज उत्पादन अनिश्चित बनेको हो ।
लकडाउनका कारण जिल्लामा सञ्चालन हुँदै आएका चन्दनबारी, गत्लाङ, चिलिमे, थुमन लगायतका छ वटै उत्पादन केन्द्र अहिले बन्द अबस्थामा छन् ।
उत्पादन केन्द्र नखुल्दा करिब दुई सय पचास जना चौरी पालन ब्यबसायीहरुले दुध बिक्री गर्न पाएका छैनन् भने ब्यबसायीहरुले गोठमै परम्परागत रुपले घिउ बनाउन सुरु गरेको धुन्चेका चौरी पालन ब्यबसायी सोनाम तमाङले बताए ।
यसैगरी समयमै दुध संकलन गर्न नसक्दा यस वर्ष चीज उत्पादन समेत घट्ने अनुमान गरिएको छ ।
जिल्लामा अहिले दुग्ध विकास संस्थान अन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा आएका छन् । केन्द्रले गत बर्ष ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका थिए् ।
प्रतिक्रिया दिनुहोस्