१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सुडानमा जातीय दंगा हुँदा ६५ जनाको मृत्यु, १०० बढी घाइते


1.56k
Shares

काठमाडौं । अफ्रिकी मुुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुडानको राजधानी खार्तुममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समय सुडानको ब्लु नाइल प्रदेश जातीय दंगाको केन्द्रबिन्दु बनेको छ । दंगामापरि १ सय भन्दा बढी घाइते भएका छन् । दंगाकै क्रममा विभिन्न निवास र सरकारी कार्यालयहरूमा आगजनी हुँदा भौतिक सम्पत्ति नष्ट हुनुका साथै सयौं सवारीसाधानहरू जलेर ध्वस्त भएका छन् ।

सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुका साथै ठाउँ ठाउँमा लाठिचार्ज समेत गरेको छ । यद्यपी स्थिती नियन्त्रणमा नआएपछि सोही क्षेत्रमा कर्फ्यू आदेश समेत जारी गरिएको छ । सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र रहेको छ ।

त्यहाँ लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट कायमै रहेकाे छ ।