
काठमाडौं । चीनबाट कोभिड नाइन्टिनको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री ल्याइएको छ ।
छोङछिङजियाङबे अन्तराष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको कार्गो जहाज शनिबार बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजले चिकित्सा उपकरण, परीक्षण किट, पीपीइ, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ ।
यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान आजै त्यसतर्फ जान लागेको बताए ।
विमान नेपाली सेनाले चार्टर्ड गरेको हो । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ ।
प्रतिक्रिया दिनुहोस्