
काठमाडौं । इङ्गलिस प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरका खेलाडी सन हिउङ–मिनले आफ्नो देश दक्षिण कोरियामा अनिवार्य सैन्य तालिम पूरा गरेका छन् ।
एसियाली मुलुक दक्षिण कोरियामा सैन्य तालिम अनिर्वाय रहेको छ ।
सनले कोरोना भाइरसको महामारीका कारण लिग रोकिएका बेला स्वदेश फर्किएर तीन हप्ते सैन्य तालिम पूरा गरेका हुन् ।
उनले सैन्य तालिममा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड पनि जितेका छन् ।
२७ वर्षका सन सुटिङ्गमा उत्कृष्ट रहेको र कुल १ सय ५७ जना प्रशिक्षार्थी मध्ये सन सबैभन्दा उत्कृष्ट ठहरिएको सरकारी अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाका हरेक पुरुषले २८ वर्षको हुँदासम्म अनिवार्य सैन्य तालिम पूरा गर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस्