महालक्ष्मी नगरको निर्णय– ‘शिक्षकहरू राजनीतिक दलमा संलग्न हुन नपाउने’ « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


महालक्ष्मी नगरको निर्णय– ‘शिक्षकहरू राजनीतिक दलमा संलग्न हुन नपाउने’


78
Shares

धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि राजनीतिक दलमा संग्लन हुन नपाउने गरी परिपत्र जारी गरेको छ ।

असार २० गते बसेको नगरसभाको बैठकले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि राजनीतिक दलहरूमा संग्लन हुन नपाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र नेपालले जानकारी दिनुभयो ।