Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिताको जवाफ– ‘मसँग सुन होइन, हिरा परीक्षण गर्ने प्रतिभा छ’


4.7k
Shares

एजेन्सी । सन् १९९४ कि मिस युनिभर्स एवं बलिउड अभिनेत्री सुस्मिता सेनले आफूलाई ‘गोल्ड डिगर’ भन्नेहरूलाई कडा जवाफ दिएकी छन् ।

आईपीएलका पूर्वअध्यक्ष ललित मोदीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी सेनले आफू धनको लोभी नभएको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै आलोचना गरेपछि सोमबार एक पोस्ट लेख्दै सुस्मिताले आफूलाई शुभचिन्तक र परिवारको साथ रहेको बताएकी छन् ।

‘केही दिनदेखि मलाई ‘गोल्ड डिगर’ र धनको लोभी भनिएको छ,’ आफूसँग सुन मात्र नभएर हिरा परीक्षण गर्ने प्रतिभा रहेको बताउँदै उनले लेखेकी छन्, ‘सामाजिक सञ्जालमा पनि मलाई धेरैले आलोचना गरिरहेका छन्, तर मलाई यी आलोचकहरूको वास्ता छैन ।’

‘मसँग सुन होइन हिरा परीक्षण गर्ने प्रतिभा छ, म सुन भन्दा हिरा छान्न रुचाउँछु,’ उनले थपिन्, ‘केही बुद्धिजीवीहरूले मलाई गोल्ड डिगर भन्छन्, यसले उनीहरूको सानो सोचलाई झल्काउँछ, मलाई मेरा फ्यान र परिवारको पूर्ण समर्थन छ ।’

सुस्मिताका प्रेमी ललितले बिहीबार सामाजिक सञ्जालमा सुस्मितासँग थुप्रै तस्बिरहरू सार्वजनिक गर्दै आफूहरू प्रेममा रहेको जानकारी गराएका थिए । उनले सुस्मितालाई बेटर हाफ भन्दै नयाँ सुरुवात गरेको लेखेका थिए ।

त्यसयता दुवैको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । ललितको विषयमा थोरै मात्र मानिसले बोल्दा सुस्मितालाई धेरैले धनको लोभी भएको संज्ञा दिएका छन् । यो सिलसिला अझै पनि जारी छ । उनीहरूको प्रेमिल तस्बिरहरू सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।