२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बैतडीमा विद्युतीय टोकन प्रणाली सुरु


130
Shares

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज रुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको बताउनुभएकाे हाे ।

प्रशासन कार्यालयका सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन विद्युतीय टोकन प्रणाली सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।

टोकन प्रणालीले लाइनमा उभिनु पर्ने झण्झट हटेर जाने र सेवाग्राहीलाई सजिलो भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।