
काठमाडौं, बैशाख २६ । दोहोरो बिल जारी गरेवापत दुई बिक्रेतालाई कारवाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।
कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि रु. तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार कालीमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरेर नक्कली बिल जारी गरी उपभोक्ता ठगेकाले उक्त सेन्टरलाई रु. दुई लाख जरिवाना गरिएको छ ।
शुक्रबार नै कोटेश्वरस्थित उदयपुर फ्रेस हाउसलाई खरीद बिल नदेखाएको र कालीमाटीस्थित बिएस ब्रदर्श स्टोरलाई अनुगमनमा असहयोग गरेको भन्दै जरिवाना गरिएको छ ।
ती चार पसललाई शुक्रबार कारवाही गर्दा रु. पाँच लाख ४० हजार राजश्व संकलन भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्