
विराज रोस्यारा (इमेज)
कैलाली, वैशाख २६ । सुदूरपश्चिमका तराईका जिल्लामा परेको बेमौसमी वर्षाका कारण बगरमा गरिएको खेती नष्ट भएको छ ।
अत्यधिक पानी परेपछि खोलानालाका किनारमा लगाइएको बगरखेती नष्ट भएको हो ।
कैलाली र कञ्चनपुरमा परेको अविरल वर्षाका कारण खोलानालाको किनारमा लगाएको तरकारी बाली नष्ट भएपछि घरखर्च कसरी चलाउने भन्दै किसान चिन्तित भएका छन् ।
बगरखेतीबाटै घरखर्च चलाउने गरेको र यस वर्ष अत्यधिक परेको बेमौसमी वर्षात्का कारण तरकारी खेती नष्ट भएपछि किसान चिन्तित भएका हुन् ।
किनारमा लगाइएका लौका, फर्सी, खुर्सानी, खरभुजा, मुला, प्याज, टमाटरलगायतका खेती नष्ट भएको छ ।
साहुसँग ऋण लिएर लगाएको तरकारी खेतीमा बाढीले क्षति पुर्याएपछि ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ताले किसानहरु पिरोलिएका छन् ।
‘लकडाउन’का कारण उत्पादित तरकारी र फलफूल बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका किसानहरु उल्टै बाढीले पनि क्षति गरेपछि थप मारमा परेका छन् ।
उत्पादित तरकारी र फलफूल बजारसम्म लैजान नपाएकाले क्षति खेप्नुपरेका किसानहरु वर्षात्कोसमेत मारमा परेका छन् ।
स्थानीय सरकारले समयमै कृषि उत्पादन बजारसम्म पुर्याउने वैकल्पिक व्यवस्था गरिदिएको भए यस्तो समस्या खेप्नुनपर्ने किसानहरुको भनाइ छ ।
लकडाउनको मार र बेमौसमी वर्षात्को मारमा एकैचोटी परेका किसानहरुलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । त्यसैले पनि किसानको समस्याप्रति स्थानीय सरकार गम्भीर भएर लाग्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्