
म्याग्दी, साउन ३१ । पहिरो र नदी कटानले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।
म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुइँठे, घट्टेखोला, रुप्से, काभ्रेभीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले बताए ।
भुरुङ तातोपानी र घाँसामा कालीगण्डकीले सडक कटान गरेर बगाएको छ । सडक आयोजनामा परिचालन भएका निर्माण व्यवसायीका उपकरण प्रयोग गरेर मर्मतको प्रयास गरे पनि निरन्तरको वर्षातका कारण सफल हुन नसकेको सुपरभाइजर शेरचनले बताए ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ । खण्डखण्डमा चल्ने सार्वजनिक सवारी साधनका कर्मचारीहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्