
काठमाडौं, वैशाख २६ । हिमानी ट्रष्टले देशमा जारी ‘लकडाउन’का कारण समस्यामा परेकाहरुलाई राहत सामग्री वितरण गरेको छ ।
कोषले पहिलो चरणअन्तर्गत् भाइरस नियन्त्रण र उपचारमा अहं भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई ‘पीपीई’ वितरण गरेको थियो ।
दोश्रो चरणअन्तर्गत् शुक्रबार सुदूरपश्चिम प्रदेशका लागि ४०० थान पीपीईलगायत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।
राहत पाउनेहरुमा निःशुल्क भोजन गराइरहेका केही संघ–संस्थालाई खाद्यान्न उपलब्ध गराएको छ भने शव व्यवस्थापन गर्ने व्यक्ति र केही तरकारी व्यवसायीहरुलाई पञ्जा र मास्क वितरण गरेको छ ।
कोषले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि राहत वितरण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्