Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कोरोनाको उच्च जोखिम रहेको उदयपुरमा विकासका काम सुरु


0
Shares

उदयपुर । उदयपुरमा सामाजिक दुरी कायम राख्दै पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।

चौदण्डीगढी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न जारी भएको लकडाउनलाई मध्य नजर गर्दै सामाजिक दूरी र स्वास्थ्य जाँचका साथ स्थानीय भौतिक पूर्वाधार निर्माण सुरु गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा वडा नं ६ को मदन भण्डारी लोकमार्ग कैलाश थुम्किदेखि सिटी हलसम्म नगरभित्रको १ किलो मिटर कालो पत्रे सडक र नगरपालिका–८ सिद्दिपुर टोड्के–सुनकोसी बंसिला पुलसम्म ३ किलोमिटर धुले सडक निर्माण कार्य यसै सातादेखि सुरु गरेको हो ।

निर्माण कार्य यसैवर्ष सम्पन्न गरिने नगरप्रमुख खगेन्द्र राइले जानकारी दिए ।