Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


काठमाडौंका मेयर शाक्यले गरे पचासौं रक्तदान


0
Shares

काठमाडौं । काठमाडौं  महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गरेका छन् ।

२५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवा क्लबले आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन ।

रक्तदान गरेपछि मेयर शाक्यले लकडाउनका कारण विभिन्न संघ–संस्थाले पनि रक्तदानका कार्यलाई स्थगन गर्नुपरेको र रक्तदाताले पनि सहजै रक्तदान गर्न नसकेको कारण केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) मा रगत अभाव हुनसक्ने भएकाले नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सुरक्षाका सबै उपाय अपनाएर श्री गणेश युवा क्लबले गरेको रक्तदान कार्यक्रमले रगतको आवश्यकता रहेका विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा ब्यक्त गरे ।

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) की निर्देशक डा. मनिता राजकर्णिकारले ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसरलगायतका सबै जाँच गर्ने, स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई सफा गरेर मात्रै रगत लिने गरेका बताउँदै रक्तदान गर्नु अघि सबैले हात साबुन–पानीले धुने, सेनेटाइजर प्रयोग गर्ने र एक–एक गरी भित्र गइ रक्तदान गर्ने ब्यवस्था मिलाएको बताए ।

गणेश युवा क्लवका सचिव अनन्त शाक्यले स्थानीय ८० जनाले रक्तदान गरेका थिए । क्लबले २०४४ सालदेखि नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।