३० असार २०८२, सोमबार | Mon Jul 14 2025


ट्रम्पका सुरक्षा सल्लाहकार फ्लिनविरुद्धको मुद्दा खारेज


0
Shares

एजेन्सी । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्धको फौजदारी अभियोग खारेज गरेको छ ।

फ्लिन राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपमा विशेष सल्लाहकारको छानविनका क्रममा दोषी सावित भएका ट्रम्पका पूर्व सहयोगी मध्येका एक हुन् ।

उनले सन् २०१७ मा अमेरिकामा रसियाका राजदुतसँग भएको वार्ताको बारेमा जाँचबुझ आयोगसमक्ष झुटो बयान दिएको आरोप लगाइएको थियो ।

सेनाका अवकासप्राप्त उच्च अधिकारीहरुसमेत रहेका फ्लिनले सन् २०१७ मा ट्रम्पले राष्ट्रपतिको सपथ लिनुअघि ह्वाइट हाउस छोडेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले निर्वाचित भएलगत्तै नियुक्त गरेकामध्ये एक फ्लिनले रसियासँगको सम्बन्ध विस्तार, इरानसँग पुनः सम्झौता गर्ने र इस्लामिक स्टेटका आतंकवादीविरुद्ध लड्नेलगायतका मुद्धामा महत्वपूर्ण सफलता हाँसिल गरेको बताइएको छ ।

अमेरिकी सेनामा तीन दशक सेवा गरेका फ्लिन यसअघि पनि पटक पटक विवादमा आएका थिए ।

यता राष्ट्रपति ट्रम्पले फ्लिनलाई मुद्दा चलाएर आफूविरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएका छन् ।