
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) नामिबियासँग दोस्रो खेल खेल्ने भएकाे छ ।
पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ । श्रृंखलाको पहिलो खेलमा पराजित भएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेकाे छ ।
आइसीसी विश्व क्रिकेट लिग–२ को अंक तालिकामा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ पाचौं स्थानमा रहेकाे छ । शनिबार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा रहेकाे छ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ ।
त्यस्तै नामिबियाको १७ खेलबाट १६ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्