Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित नगराउने गृहमन्त्रीको प्रतिवद्धता


156
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट बञ्चित नगराउने प्रतिवद्धता गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताउनुभएको हो ।

उहाँले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरूको आधारशिलामा उभिएर नागरिकता सम्बन्धि विधेयक बनाइएको बताउनुभयो ।

गृहमन्त्री खाँणले संविधान परिवर्तनीय रहेको भन्दै राजनीतिक दलहरूको सहमतिका आधारमा परिष्कृत गर्दै समयानुकुल बनाउन सकिने बताउनुभयो । सरकारले जस लिनका लागि नागरिकता सम्बन्धी विधेयक नल्याएको उहाँको भनाइ छ ।

मन्त्री खाँणले दोषारोपण र जस–अपजसबाट माथि उठ्न आग्रह समेत गर्नुभयो । उहाँले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गराउनु साझा संकल्प भएको बताउनुभयो ।