१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


केन्यामा भारी बर्षा, दुई सय बढीको मृत्यु


0
Shares

काठमाडौं, बैशाख २५ । अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले दुई सय भन्दा बढीको मृत्यु भएको छ ।

सयौं घरबारबिहीन बनेका छन् । घर घरमा बाढी पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

बाढीले ८ हजार एकड खेतमा लगाई्रएको धान बाली नष्ट गरेको छ । बाढीको प्रभाव छिमेकी मुलुक युगान्डामा समेत परेको छ ।

बाढीले लेक र तलाउको पानीले केही बस्ती नै सखाफ पारेको छ ।

यसैबीच केन्या सरकारले बाढी प्रभावितहरुका लागि सुरक्षित स्थानको ब्यबस्था गरेको बताए पनि उनीहरु भने ठाउँ ठाउँमा पाल टाँगेर बस्न बाध्य छन् ।

केन्यामा गत बर्ष आएको बाढीमा परी सयौंको मृत्यु भएको थियो । भारी बर्षा अझै केही दिनसम्म रहने केन्याको मौसमबिदहरुले बताएका छन् । (एजेन्सी)