
काठमाडौं, बैशाख २५ । कोरोना भाइरसको अध्ययन गरिरहेका चिनियाँ प्राध्यापक पिङ लीको अमेरिकामा गोली हानी हत्या गरिएको छ ।
युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक ३७ वर्षीय ली आफनै निवासमा मृत फेला परेका हुन् ।
उनकोे टाउको, छाती, हात खुट्टा र गर्धनमा गोली लागेको छ ।
सफ्टवेयर इन्जिनियर हाउ गुले ली को हत्या गरेको र उनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
प्राध्यापक पिङ कोरोना भाइरसकोे विषयमा निकै महत्वपूर्ण प्राप्तीको नजिक पुगेको चिनियाँ अधिकारीहरुको भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्