काठमाडौं । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
एस्टोनियाको टेलिनमा गएराति भएको फाइनलमा एथ्लेटिको मड्रिडले छिमेकी क्लब रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियालले अग्रता जोगाउन नसक्दा पराजित हुन पर्यो ।
खेलको पहिलो मिनेटमै डिएगो कोस्टाको गोलमार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो ।
तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई एक–एक गोलको अवस्थामा पुर्याए ।
पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २–१ को अवस्थामा पुर्याए ।
तर ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई गोलमा पुग्यो । त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो ।
जसमा एथ्लेटिको दुई गोल गर्न सफल भयो ।
९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले १ सय ४ औं मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियल स्तब्ध बन्यो ।








प्रतिक्रिया दिनुहोस्